आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ऋद्धिसिद्धि हेटौँडा सिमेण्टको उत्पादन शुरु

AuthorAP Khabar२०७६ जेष्ठ २४, शुक्रबार (४ साल अघि) ४३५ पाठक संख्या

२०७६ जेठ २४

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ ।

रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ ।

उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट दैनिक १० हजार मेट्रिक टन चुनढुङ्गा सङकलन गर्दै आएको सो उद्योगले जनाएको छ ।

उद्योगद्वारा उत्पादित ऋद्धिसिद्धि ब्राण्डको सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए ।

उनका अनुसार व्यवस्थापनले युरेपेली प्रविधि र रोबोट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको छ । हाल सो उद्योगमा प्रशासन, प्रयोगशाला, भण्डारण र प्राविधिक र कामदार गरी करीब ३०० जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग व्यवस्थापनले जनाएको छ । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगबाट सिमेण्टहरु उत्पादन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस