आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहीबारको सुनको भाउ अहिलेसम्मकै महँगो

AuthorAP Khabar२०७६ अषाढ ५, बिहिबार (४ साल अघि) ३७० पाठक संख्या

असार ५

ताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज सुन प्रति तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको छ ।

बुधबार सुन एक तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन भाउ हालसम्मको महँगो रहेको छ । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस