आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

AuthorAP Khabar२०७६ अषाढ ६, शुक्रबार (४ साल अघि) ४२३ पाठक संख्या

असार ०५

काठमाडौं : सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयामा कारोवार भएको हो । सुनको मुल्य बुधबारदेखि दैनिक हजार रुपैयाँको दरले बढिरहेको छ ।

बुधबारपनि छापावाल सुनको मुल्य प्रति तोला एक हजार बढेर ६४ हजार रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । ब्यापारीहरुले सुनको संचय गर्न थालेकोले मुल्य बढेको बताइएको छ ।

बिहीबार सुनको मूल्य २५ डलर बढेर प्रतिऔन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको थियो । नेपालमा दैनिक करिव २० किलो सुन किनबेच हुने गरेको छ । मुल्य बढेपछि भने बिक्री घटेको छ ।

प्रतिक्रिया दिनुहोस