असार १४
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले कम्युनिस्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन् ।
उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने समेत बताए । विधेयक लगायतका विषयमा सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस