आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँच वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थ संचालनमा ल्याउन सकिने ।

AuthorAP Khabar२०७६ अषाढ २६, बिहिबार (४ साल अघि) ३८४ पाठक संख्या

एपी खबर
जीतपुर, २६ असार : बारामा बन्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानास्थ निर्माणको लागि वैकल्पिक ढाँचा सार्वजनिक गरीएको छ । सिमरा स्थित आयोजना कार्यालयले बुधवार पत्रकारसम्मेलनको आयोजना गर्दै वनको कम क्षति तथा लगानी घट्नेगरी विमानास्थ निर्माणको लागि वैकल्पिक ढाँचा सार्वजनिक गरेको हो ।

महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखिएको रुख कटान लगाएतको विवादलाई सम्बोधन हुने गरी कार्यालयले यो वैकल्पिक ढाँचा सार्वजनिक गरेको हो ।

संचारकर्मिहसंगको कुराकानिमा आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माले दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारलाई सघाउने वैकल्पिक र उत्तम उपायसहितको अवधारणा ल्याएका बताउनुभयो । उहाँले निर्माण मोडालिटी, स्रोत व्यवस्थापन र वातावरणीय मुद्दा व्यवस्थापनका विकल्पहरू सहितको अवधारण प्रस्तुत गर्नुभएको छ ।

शर्माका अनुसार अवधारणा अन्तर्गत पहिलो पाँच वर्षमा एउटा धावनमार्ग र टर्मिनल भवन लगायतका संरचना बनाएर विमानस्थल तत्काल संचालनमा ल्याउन सकिने छ । कुल १ खर्ब १० अर्ब रूपैयाँ लगानीबाट पहिलो चरणको काम सकिने उहाँको अनुमान छ यसको लागि वार्षिक ३० अर्ब स्रोत व्यवस्थापन गर्दा पुग्ने उहाँले बताउनुभयो ।

पाँच वर्षको पहिलो निर्माण चरणमा १० हजार रुख काट्दा पुग्छ । टाँगिया बस्ती स्थानान्तरण र १० हजार रुख काटेर एउटा धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, गाडी पार्किङ, एउटा कार्गो भवन, फायर स्टेसन, फ्यूलमार्ग, राडारलगायतका संरचना यति बजेटबाटै निर्माण हुने शर्माको अवधारणमा उल्लेख छ ।

आयोजना प्रमुख शर्माका अनुसार दोस्रो चरणको काम कुल ३ खर्ब ७० अर्ब लगानी गरेर १२ वर्षमा पूरा गर्न सकिन्छ । त्यस अवधिमा दोस्रो धावनमार्ग र टर्मिनल लगायतका संरचनाहरू निर्माण हुनेछन् भने तेस्रो चरणको काम १ खर्ब २० अर्ब आन्तरिक लगानी जुटाएर सम्पन्न गर्न सकिने हिसाब शर्माले निकाल्नुभएको छ । यो चरणमा तेस्रो धावनमार्ग, टर्मिनल भवनलगायत बाँकी संरचनाहरू बन्ने उहाँले तयार पारेको विमानस्थल निर्माणको वैकल्पिक ढाँचामा उल्लेख छ ।मानस्थल सञ्चालनको यो मोडालिटी सम्बन्धित सबै निकायमा पु¥याइसकिएको इन्जिनियर शर्माको भनाई छ ।

विमानस्थलको लागि छुट्याइएको क्षेत्रमा करिब २५ लाख रुख रहेको वातावरणीय प्रभाव अध्ययनले देखाएको थियो । रुख काट्ने प्रक्रिया सुरु भएपछि विमानस्थल आयोजना नै विवादमा परेको थियो । प्रस्तावित विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर हो निजगढ विमानस्थल सञ्चालनमा आइसक्दा पनि ४ हजार हेक्टर वन क्षेत्र कायम रहने शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस