आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धमाधम

AuthorAP Khabar२०७६ श्रावण २७, सोमबार (४ साल अघि) ४८९ पाठक संख्या

भैरहवा साउन २७ : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले तीव्र गतिमा अगाडि बढेको छ ।सरकारले घोषणा गरेको भिजिट २०२० लाई लक्षित गरी विमानस्थल निर्माणलाई तीव्रता दिइएको हो ।आगामी वर्षको वैशाखबाट नियमित रुपमा अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरण गर्ने गरी विमानस्थलको काम तीव्र बनाइएको आयोजनाले बताएको छ ।

सोहीअनुसार विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम धमाधम रुपमा अगाडि बढाइएको हो ।विमानस्थलको मुटु मानिने रन–वे निर्माण गरी अहिले मार्किङको काम भइरहेको छ ।तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्ने गरी काम अगाडि बढाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारी बताउँछन् ।

त्यसैगरी ट्याक्सी वेमा मार्किङको काम अन्तिम चरणमा पुगेको छ भने एप्रोनमा मार्किङको काम केही दिनमै शुरु हुने आयोजनाले बताएको छ ।हालसम्म विमानस्थलको ८० प्रतिशत बढी काम सम्पन्न भइसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्न चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोडको लागतमा सन् २०१७ डिसेम्बरभित्रै काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर २०७२ सालको विनाशकारी भूकम्प, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीले काममा ढिलाइ भएको भन्दै २०१९ जुलाईसम्म समय थप गरिएको थियो ।थपिएको समयमा पनि काम नसकिएपछि फेरि तेस्रोपटक समय थप गरी २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा तोकिएको छ ।

इमेजखबर :

प्रतिक्रिया दिनुहोस