आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगर नगरपालिका खुला दिशा मुक्त क्षेत्र घोषणा

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ३५२ पाठक संख्या

अजय मिश्र

 भाद्र , ३० : कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिशा मुक्त क्षेेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यकाे प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घाेषणा गरिएकाे हाे । कपिलवस्तु जिल्लालाई नै यही भदाैं ३१ गते पुर्ण खुला दिशा मुक्त घाेषणा गर्ने लक्ष्य रहेकाेले जिल्लाका सम्पुर्ण स्थानिय तह धमाधम खुला दिशा मुक्त घाेषणा हुन शुरु भएका छन ।

हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेकाे र भदाैं ३० गते कपिलवस्तु नगरपालिकालाई घाेषणा गर्ने कार्यक्रम पछि जिल्ला घाेषणा गरिने जिल्ला समन्वय समितिका सभापति नारायण खनालले जानकारी दिनुभयो । वडा नम्बर १,४ र १२ लाई समेटेर नगरपालिकालाई खुला दिशा मुक्त गरिएतापनि पुर्ण सरसफाई युक्त बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवार लागि परेकाे नगर प्रमुख रजत प्रताप शाहले प्रष्ट पारेका थिए । अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसकाे प्रयाेगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेकाे युनिसेफ ,सुअहरा लगायतका सहयाेगी संस्थाहरुका प्रतिनिधि हरु ले बताए ।

कार्यक्रममा पुर्व राज्यसभा सदस्य डा. रुद्र प्रताप शाह, नगर उपप्रमुख सबनम खातुन,नगरपालिकाभित्रका शाखा प्रमुख लगायत कर्मचारीहरु, समाजसेवी शैलेष प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता , नेकपाका नेता सुशील श्रीवास्तव, जावेद खां ,व्यवसायी नन्दकिशाेर शर्मा ,जितेन्द्र गाेयल , अशोक अग्रहरी लगायत विभिन्न विद्यालयका प्रतिनिधि सुरक्षा निकाय तथा अन्य संघसंस्थाका प्रतिनिधिकाे उपस्थित रहेकाे थियाे भने संचालन संचारकर्मी सनिउल्लाह धाेबीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस