आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संविधान दिवसमा अस्पतालको ओपिडी सेवा नि:शुल्क

AuthorAP Khabar२०७६ आश्विन २, बिहिबार (४ साल अघि) ४१७ पाठक संख्या

असोज , २ : सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । दिवसका अवसरमा प्रदेशका सबै सरकारी अस्पतालमा २ असोजका दिन बहिरंग (ओपिडी) सेवाको टिकट निःशुल्क गर्ने निर्णय सरकारले गरेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी अस्पतालहरूलाई पनि संविधान दिवसको अवसरमा ओपिडी सेवाको टिकट निःशुल्क गर्न आह्वान गरेको छ ।

सरकारी अस्पताललाई २ असोजका दिन ओपिडीको टिकट शुल्क नलिन परिपत्र गरिएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।२ असोजमा प्रदेशका सबै मन्त्रालय, निकाय, सरकारी कार्यालय एवं उपमहानगरमा राष्ट्रिय झन्डा एवं ब्यानर सजाउने, सरसफाइ कार्यक्रम तथा खेलकुद प्रतियोगिता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव अर्जुन पोखरेलले जानकारी दिए ।

संविधान जारी भएको दिन ३ असोजमा बाजागाजा, झाँकीसहित राष्ट्रिय झन्डा र संविधान अंकित टिसर्ट लगाएर धनगढीमा प्रभातफेरिका साथै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सांसद, सुरक्षा निकाय, कर्मचारी तथा सर्वसाधारणलगायतको उपस्थितिमा कार्यक्रम गरिनेछ । ४ असोजमा स्थान उपलब्ध रहेका सरकारी कार्यालयहरूमा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको संविधान दिवस मनाउनेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निमित्त सचिव पोखरेलले जानकारी दिए ।

नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस