आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा प्रस्टोका बाराद्धारा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना

AuthorAP Khabar२०७६ कार्तिक २, शनिबार (४ साल अघि) ५६० पाठक संख्या

एपी खबर
जीतपुर, २ कात्र्तिक  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रसौनी ५ प्रस्टोका बाराले बाराको प्रस्टोकामा शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । आउँदै गरेको तिहार र छठ पर्वको अवसर पारेर समाजमा धार्मिक सहिसुणता स्थापन गर्ने उद्धेश्य सहित नेकपाले यो कार्यक्रमको आयोजना गरेको हो ।

सतोष साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम प्रधानमन्त्रीका जनसम्पर्क सहलाहकार सदस्य अच्युत मैनालीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेकपाका केन्दिय सदस्य दिनेश राई, नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ( अनिल ) को विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेकपा बाराका जिल्ला सदस्य देवनरायण चौधरी, मनोज पडौल, उमेश कुशवाहा, मालती कुशवाहा, धुरी साह, मुकेस साह, लालबहादुर पटेल, दिपेन्द्र कुशवाहा, अक्षय कुमार, श्रीप्रसाद पसवान, नेकपा नेताहरु बिनोद पटेल, रामपाल यादव, राम क्षेत्री, दिपेन्द्र कुशवाहा, याकुप अनसारी, पत्रकार अनिल गौरव, प्रकास गुप्ता, अभय दुबे लगाएको उपस्थिती रहेको थियो ।

दुरजोधन चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा भोजपुरि कबि बिकर्म साह कानुले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस