आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सभामुखमा अझै जुटेन सहमति, अर्को बैठक १६ गते

AuthorAP Khabar२०७६ पौष १२, शनिबार (४ साल अघि) ३५६ पाठक संख्या

पौष १२ काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा शुक्रबारको लागि बोइलाएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्ने पहिलो कार्यसूची रहेको शुक्रबारको बैठक उपसभामुख डा शिवमाया तुम्बाहाड्फेले १६ गतेका लागि बोलाउनु भएको छ । ‘राजनीतिक सहमति नजुट्दा बैठक स्थगित गर्नुपरेको हो’ संसद सचिवालय स्रोतले भन्यो, ‘संसदको बैठक बस्नका लागि कार्यव्यवस्था पराकर्श समितिको बैठक बस्नुपर्ने समयमा नेकपाका नेताहरुले बैठक स्थगित गर्ने प्रस्ताव ल्याएपछि उपसभामुखले सूचना टाँसेर स्थगित गर्न निर्देशन दिनुभयो ।’

प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयन प्रक्रिया हुनेछ । नेकपामा सभामुख कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहनुभएको छ । राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस