आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसो बढेसंगै आगो ताप्न भिमेश्वर सामुदायीक बनद्धारा दाउरा वितरण

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) ४०५ पाठक संख्या

एपी खबर
जीतपुर  : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तरगत रहेको भिमेश्वर सामुदायीक बनले चिसोबाट बचन १ चट्टा दाउरा वितरण गरेको छ । पछिलो समय बढ्दै गएको हुस्सुका कारण चिसो बढेपछि यस सामुदायीक बनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाको विभिन्न क्षेत्रमा दाउरा वितरण गरेको हो ।

चिसोबाट सर्वसाधारणलाई समस्या हुने गरेको पाईएपछि सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीको सहाकर्यमा सो दाउरा वितरण गरीएको बन समुहका अध्यक्ष पेशल मुल्मीले जानकारी दिनुभयो ।

उहाँले यस भन्दा पहिलेपनि चिसोबाट ग्रसित सर्वसाधरणलाई दाउरा प्रहरीको सहकार्यमा वितरण गरेको बताउनुभएको छ । शुक्रवार अत्याधिक चिसो बढेपछि सर्वसाधारणलाई हिडडुल गर्न समेत समस्या हुने देखेपछि प्रहरी र बन समुहले प्रत्येक चोकमा आगो ताप्न दाउरा बालेको अध्यक्ष मुल्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस