आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिवनगर विधुत प्रशाखा लाई छिट्टै शाखा बनाईन्छ :प्रभु साह

AuthorAP Khabar२०७६ फागुन २४, शनिबार (४ साल अघि) ६२० पाठक संख्या

अारके श्रीवास्तव/राैतहट/फागुन २४
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले विधुत प्राधिकरण प्रशाखा शिवनगर लाई छिट्टै शाखा बनाईने बताउनु भएको छ ।

जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शिवनगरमा अाज शनिबार अायाेजित पार्टी अन्तरक्रिया कार्यक्रममा लाई सम्बाेधन गर्दै पूर्व मन्त्री साहले यस्तो बताउनु भएको हाे ।

प्रमुख अतिथि पूर्व मन्त्री माननीय प्रभु साहकाे विशेष उपस्थिति र प्रदेश सांसद कुन्दन कुशवाहा काे विशेष सक्रियता र नेकपा नगर कमिटी गरूडाकाे अायाेजनमा अन्तरक्रिया गरिएको थियोे ।

अन्तरक्रिया मुख्यतः तीन वटा बुँदामा केन्द्रीत रहेको थियोे । गरूडा शहरी पूर्वाधार निर्माण,शिवनगर विधुत प्रशाखालाई शाखा बनाउन तथा शिवनगरकाे पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार का लागि कार्यक्रम अायाेजित गरिएको थियाे ।

कार्यक्रम मा बाेल्दै सांसद साहले प्रधानमन्त्री ले गरूडा नगर विकास काे लागि गरेकाे वाचा पूरा हुने बताउनु भएको थियो । गरूडामा रिंग राेड, विरेन्द्र राजमार्ग लाई ६ लेनकाे राेड बनाउने सहित प्रमले गरेकाे वाचा पूरा गर्न तयार रहेको बताउनु भएको थियो ।

शिवनगर लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक समपदा सुचिमा सुचिकृत गर्न सके मात्र पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनु भएको थियोे । शिवनगर मन्दिर काे प्रसंगमा बाेल्दै नेता साहले शिवनगर मन्दिर काे पुजारी जग्गा धनी र महादेव माेही रहेकाे भन्दै यस्तो हास्यास्पद लेखत खडा गर्ने लाई कार्यवाही हुने बताउनु भयाे ।

शिवनगर लाई मधेस कै नमूना धार्मिक स्थल बनाईने प्रतिबद्धता साहले व्यत्त गर्नु भएको थियो । शिवनगर मन्दिर काे नाममा ठगने ठगलाई अब नछाेडिने बताउनु भएको थियो ।

शिवनगर मन्दिर कुनै व्यतीकाे नाउँमा निजि जग्गामा हाे भने यसरी मेला लगाउन पाउँछ ?अनुमति लिएकाे हाे ?राज्यले टुलु टुलु हेर्ने ? जस्ता प्रश्नहरू पनि गर्नु भएको थियो । काे सँग अनुमती लिएर मेला लगाउने गरिएको हाे ? यसमा सरासर स्थानीय प्रशासन काे मिलेमतो देखिन्छ ।

याे सबै विषय उठाउनकाे लागि यस क्षेत्रकाे जन्ता जागरुक हुनु पर्नेमा जाेड दिनु भएको थियो । अन्त्यमा सांसद साहले नेपालमा क्राेनाभाईरस नरहेको र याे हल्ला मात्रै रहेकाेले सबै जाेगिन अाग्रह गर्दै अाउँदै गरेकाे हिन्दुहरू काे रंग अबिरकाे पर्व हाेलीकाे अवसरमा सबैमा शुभकामना व्यत्त गर्नु भएको थियो ।

यस अवसरमा पूर्वमन्त्री प्रभु साह,प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नपाका मेयर सियाराम कुशवाहा,माधवनारायण नपाकी उपमेयर सिमल कुमारी साह, देवाही गाेनाही नपाकी उपमेयर परनिया देवी , पूर्व राज्यमन्त्री सत्यनारायण भगत बिन,चन्दन कुशवाहा ,उपेन्द्र साह सहित नेकपाका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम काे समापन सभाध्यक्षता गरिरहेका प्रदेश सांसद कुन्दन कुशवाहाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस