आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिवेश बने अमेरिकन आइडलको उपविजेता

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (३ साल अघि) ४०१ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता भएका छन् । उनी अन्तिम २ मा पुगेका थिए । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो ।

अमेरिकी गायन रियालिटी शो ’अमेरिकन आइडल’को १९ औं संस्करणको विजेता जस्ट साम भएकी छन् ।

पोखरेल आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका थिए । दिवेशले गेभिन डिग्रको ’आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए।

प्रतियोगिताको अन्तिम दुईमा पुगेका दिवेशले दुई वटा प्रस्तुति दिएका थिए ।

हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै दिवेश फाइनलमा पुगेका थिए । अमेरिकन आइडलको उपविजेता बन्ने उनी पहिलो नेपाली हुन् ।

कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस