आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डकीमा मदरसा बोर्ड गठनका लागी पहल गर्ने  प्रदेश मुख्यमंत्रीको आश्वासन

अजय मिश्र, कपिलबस्तु २०७८ श्रावण २८, बिहिबार (२ साल अघि) ५६५ पाठक संख्या
२८ श्रावण, कपिलवस्तु । नेपालमा लामो समयदेखी बसोबास गर्दै आएका अल्पसंख्यक मुस्लिम समुदायले सरकारबाट हेपिएको महसुस गर्दै आएका छन् । तर देशको हरेक परिर्वतनमा यहि अल्पसंख्यक मुस्लिम समुदायको साथले ठूलो भूमिका खेल्दै आएको कुरा बिदितै छ । यद्धपी नेपाल सरकारले आफुहरुलाई सौतेनी जस्तो ब्यवहार गरेको मुस्लिम समुदायका अगुवाहरुको ठम्याई छ ।
शिक्षा, रोजगारी, चाडपर्व विदा लगायत बिषयहरुमा नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई अधिकार नदिएको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय महासचिव तथा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खांले गुनासो गर्नुभयो । अल्पसंख्यक मुस्लिम समुदायको हक हितका लागि लामो समय देखि निस्वार्थ रुपमा लड्दै र नेपाल सरकारको ध्यानाकर्षण गराउदै आउनुभएका उहाले भारतको मदरसा शिक्षा परिषदको मान्यता दिएको मोलवी, आलिम डिग्रीलाई नेपाल सरकारले समकक्षता दिएको बताउनुभएको छ । उहाकै पहलमा लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड समेत खडा गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमंत्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल संगको भेटका क्रममा खांले गण्डकी प्रदेशमा पनि मदरसा बोर्ड गठन गराउन पहल गर्नुभयो । खांले गण्डकी  प्रदेशमा मदरसा बोर्ड गठन गरी मदरसाको विकास, समृद्धि एवम् व्यवस्थितरूपमा अगाडि बढाउन र नेपालमा मुस्लिम समुदायका विश्वविद्यालय बनाउनको लागि पहल गर्ना माँग गर्दै मुख्यमन्त्रिलाई ज्ञापन पत्र हस्तांतरण गर्नुभएको हो ।
उक्त ज्ञापन पत्र यस्तो उल्लेख छ ।
“यस संघीय गणतन्त्र नेपालको गण्डकी प्रदेशमा पनि अल्पसंख्यक मुस्लिम समुदायले बसोबास गर्ने प्रदेश हो । यस प्रदेशमा बसोबास गर्ने मुस्लिम समुदाय धार्मिक, साँस्कृतिक, शैक्षिक सबै क्षेत्रमा हर तरहले पिछाडिएको अवस्थामा छन् । संगठनको अभावमा मुस्लिम समुदाय अन्य समुदाय जस्तो राजनितिक शैक्षिक तथा आर्थिक मुद्दामा अगाडि बढ़्न सकेका छैन् ।
कुनै पनि समुदाय को उन्नति, प्रगति,वृत्ति बिकासमा शिक्षाको महत्वपूर्ण योगदान हुन्छ।तर मुस्लिम समुदायका बाल बालिकाले अध्ययन गर्ने मदरसाहरु ज्यादै दयनीय अवस्थामा छन् । नेपाल सरकारले मदरसाहरुलाई मान्यता दिएको छैन त्यस्तै मौलानाहरुको दरबन्दीको ब्यबस्था गरेको छैन।चन्दा दान सहयोगबाट अधिकांश मदरसा सञचालनमा रहेका छन्।तसर्थ यस गण्डकी प्रदेशमा रहेका मदरसाहरुलाई समयानकुल परिवर्तन गरी शैक्षिक गुणस्तरमा सुधार तथा अभिवृद्धि गर्ना जरुरी छ । मदरसामा अध्यापनरत मौलानाहरुको वृत्ति विकास गरी दरबन्दी मिलान गर्न अवश्यक छ।यसरी समग्ररुपम अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक अवस्थामा सुधार गर्ने बोर्ड गठन हुन अवश्यक छ ।
बोर्ड गठन भएमा मात्र त्यसले मदरसाहरुको हितमा काम गरेर शैक्षिक गुणस्तरमा सुधार गर्न सकिनेछ । यसै सिलसिलामा लुम्बिनी प्रदेशमा मदरसा बोर्ड गठन भइ कार्य प्रारंम्भ भै सकेको ब्यहोरा समेत अवगत गराउन चाहन्छु ।
अन्तमा, सम्पूर्ण अल्पसंख्यक मुस्लिम समुदायको धरोहरकोरुपमा रहेका मदरसा शिक्षाको गुणस्तर अभिवृद्धि गरी शैक्षिक वृत्ति विकास गर्न अबिलम्ब प्रादेशिक मदरसा बोर्ड गठन गरेर कार्य प्रारम्भ गर्न अल्पसंख्यक मुस्लिम समुदायको मनोबल बढ़ाई हौसला प्रदान गर्न हुन माननीय मुख्यमंत्री समक्ष यो राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अपील गर्दछ । ”
ज्ञापन पत्र बुझाउने टोलीमा राष्ट्रीय मदरसा संघ नेपालका  महासचिव तथा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खान नेपाली, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी, सल्लाहकार जाहिद आजाद तथा प्रेस सल्लाहकार शहबाज खान रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस