आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा कपिलवस्तु बाट पक्राउ

एपी खबर २०८० चैत्र ५, सोमबार (१ महिना अघि) ७८ पाठक संख्या

काठमाडौं ।विभिन्न काण्डमा मुछिएर विवादित बनेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

 

 

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस