आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा ग्रेनेड बिस्फोट, एकै परिवारका १२ जनाको मृत्यु

एपी खबर २०७८ श्रावण ३१, आईतबार (२ साल अघि) ३४८ पाठक संख्या

३१ श्रावण, बारा । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीमा एक विवाह समारोहमा सहभागी भएर फर्किरहेको एक परिवार सहित २५ जना सवार मिनि ट्रकमा हमला भएको हो । घटनामा ६ महिला र चार बालबालिका सहित १२ जनाको मृत्यु भएको हो ।

बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको बताइएको थियो । पछि कराँची प्रहरीले आतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा प्रयोग गरिने केही अन्य सामान पनि भेटिएको छ ।

गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा स्थानीय स्तरमा बनाइएको बम मार्फत् बिस्फोट गरीएको प्रहरीको जानकारी दिएको छ । ट्रकमा छर्रा र नट बोल्टका थुप्रै निशान पनि पाइएका छन् ।

प्रतिक्रिया दिनुहोस