आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियामा दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

एपी खबर २०८१ बैशाख ११, मंगलबार (१ हप्ता अघि) १२३ पाठक संख्या

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ ।

 

 

दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर दुर्घटना भएको थियाे ।

प्रतिक्रिया दिनुहोस