राम प्रसाद अधिकारी। टेक्सास ,फर्टवर्थ। नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाको टेक्सास राज्यको युलेसमा अवस्थित नेपालि सास्कृतिक तथा आध्यात्मिक केन्द्र पशुपतिनाथको मन्दिरमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो ।
नेपाल अमेरिका पत्रकार संघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको नेपाल अमेरिका पत्रकार संघले जनाएको छ । ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारिले जानकारि दिनुभयो ।
रक्तदान कार्यक्रमको अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्ससका अध्यक्ष अजय बगालेले नेजाले गरेको सामाजिक कार्यलाई खुलेरै पंशसा गर्नु भयो। आगामि दिनमा पनि यस्तै सामाजिक कार्यमा अगाडि बढ्न समेत सुझाब दिदै परेको समयमा आफुहरुले सकेको सहयोग गर्न पछि नहटने समेत प्रतिबद्वता जनाएको थियो ।यसैगरि कार्यक्रममा NRNA टेक्सास च्यापटरका अध्यक्ष दिपेन्द्र गुरागाई ,युवा संयोजक आकास अधिकारि र करिब १ घण्टा टाढाबाट NRNA टेक्सास च्यापटरको पुर्व कोषाध्यक्ष दिलिप कुमार बस्नेत आउनु भएको र आफुले बल्ड दिन पाउदा आफु ज्यादै खुसि भएको कुरा समेत बताउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले रक्तदान कार्यक्रममा सहभागि तथा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा सँस्थाहरुलाई धन्यवाद दिनु भएको थियो ।नेजाकै स्थापना दिवसको उपलक्ष्यमा सोमबार बिहान र टेक्ससको अर्भिङमा रहेको जेफरसन पार्कमा वृक्षरोपण कार्यक्रम गरिने नेजाले जनाएको छ । कार्यक्रम नेजाका महासचिब बाबुराम दाहाले संचालन गर्नु भएको थियो
प्रतिक्रिया दिनुहोस