आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

एपी खबर २०८१ बैशाख ३, सोमबार (२ हप्ता अघि) ४४ पाठक संख्या

काबुल– अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारी अुनसार बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।

 

सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ । लगभग ६०० घरहरू क्षतिग्रस्त भएका छन् । साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ । देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहारमा सबैभन्दा बढी क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस