आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा भारी वर्षामा परेर ज्यान गुमाउनेको सङ्ख्या ८७ पुग्यो

एपी खबर २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि) ८२ पाठक संख्या

एजेन्सी : अघिल्लो हप्ता पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । ८२ जना घाइते भएका छन् । भारी वर्षा, बाढी तथा चट्याङलगायतका कारण जनधनको क्षति भएको छ । मुख्यगरी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धेरै क्षति भएको छ । त्यहाँ ३६ जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणकाअनुसार देशभर दुई हजार ७ सय १५ वटा घरमा आंशिक वा पूर्ण रुपमा क्षति पुगेको छ ।

 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले हालैको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत कार्यलाई तिब्रता दिन र वर्षाका कारण बन्द भएका सडकहरू खुलाउने कामलाई तिव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस