आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोरङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु ,१५ जना घाईते

एपी खबर २०८० बैशाख २, शनिबार (१ साल अघि) १३४ पाठक संख्या

मोरङको रंगेली–३ आमतोलामा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।मोरङ प्रहरीका अनुसार दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको छ।बैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 

अन्य घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको छ।तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो।दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन्।प्रहरीका अनुसार उनको खोजी तीव्र पारिएको छ।रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरू सवार ट्याक्टर दुर्घटनामा परेको हो।

 

प्रतिक्रिया दिनुहोस