आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

एपी खबर २०८० बैशाख ३, आईतबार (१ साल अघि) १७५ पाठक संख्या

पाँचथर – नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो।

 

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए।घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस