आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनसरीको धरानबाट २२७ किलो गाँजासहित दुई जना पक्राउ

एपी खबर २०८० बैशाख २१, बिहिबार (१ साल अघि) १११ पाठक संख्या

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।धरान उपमहानगरपालिका- १३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए ।

 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली आज बिहान राति साढे १ बजे २ सय २७ किलो गाँजासहित ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए ।

 

प्रतिक्रिया दिनुहोस