आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ

AuthorAP Khabar२०७७ श्रावण ८, बिहिबार (३ साल अघि) ५५९ पाठक संख्या

सिरहा : सिरहा नगरपालिका–१९ सोहरुवास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पनेमा सिरहाको अर्नामा गाउँपालिका लक्ष्मीपुर बस्ने २७ वर्षीय सुकदेव ठाकुर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित २० लाख रुपैयाँ फेला परेको र ठाकुरले उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई सो रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस