आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरको मसानघाट ब्यवस्थापन गर्न एक लाख आर्थिक सहयोग

एपी खबर २०७७ श्रावण ८, बिहिबार (३ साल अघि) ७९२ पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मसानघाटको ब्यवस्थापन र संरक्षण गर्न जीतपुरका अग्रज एवम समाजसेवि परशुराम गिरीले एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

बिहिवार हिन्दु मसानघाट संरक्षण समिति जीतपुरलाई उहाँले एक लाखको चेक अस्तान्तरण गर्नुभएको समितिका अध्यक्ष राजा गिरीले जानकारी दिनुभयो ।

पछिलो समय जीतपुरमा जोडिएर रहेको हिन्दुहरुको मसानघाट र मुस्लिमहरुको कब्रस्थानको जग्गा छुट्याएर कब्रस्थान ब्यस्थापन गर्न स्थानिय तहको बजेट परेपछि मसानघाटको ब्यवस्थापन गर्न यहाँका हिन्दु समुदाय समिति बनाएर अगाडी बढेका हुन् ।

पहिलो चरणमा मसानघाटको जग्गामा तारबार लगाउने तैयारी भएको सो कार्यसंगैसंगै अन्य ब्यवस्थापन कार्यलाई अगाडी बढाउन यो आर्थिक सहयोग गरेको समाजसेवि अग्रज परशुराम गिरीले जानकारी दिनुभयो ।

चेक हस्तान्तरण कार्यमा समितिको तर्फबाट कोषाअध्यक्ष बिनोद जैसवालले सहयोग रकमको चेक ग्रहण गर्दै कामलाई सक्दो चाडौँ सुरु गर्न प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । यस हस्तान्तरण समयमा समितिका सदस्य रामाधार प्रसाद साह, अम्रेन्दर प्रसाद साह, हरिचन्द्र हजरा लगाएतका रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस