आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६० लाखको लागतमा जीतपुरमा होटेल संचालनमा , होटेल संचालक गुप्ता भन्छन सस्तोमा राम्रो सेवा दिन्छु ।

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण १७, शनिबार (३ साल अघि) ११७४ पाठक संख्या

प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले जील्लाकै ब्यापारीक नगरीको रुपमा रहेको जीतपुरमा पारिवारिक वातावरण सहितको होटेल संचालनमा आउनुले यहाँका ब्यवसायमा थप उर्जा प्रदान गरेको बताउनुभएको छ ।

 

बाराको जीतपुरमा रहेको होटेल “ड्रिम ताज बिस्ट्रो एन्ड होस्टेल्री” को औपचारीक रुपमा शुक्रवार समुद्घाटन गर्नुहुदैँ उहाँले जीतपुरसिमरा उपमहानगरपालिकाको राजधानि जीतपुरलाई अझै विकासको गतिमा अगाडी बढाउन यस्ता ब्यवसायलाई थप प्रवर्धन गर्न आवश्यक रहेको बताउदैँ यस क्षेत्रको ब्यवसायलाई प्रवर्धन गर्न आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

 

यसैगरी उद्घाटन कार्यक्रममा सहभागी अतिथीहरुलाई होटेलको बारेमा जानकारी दिदैँ संचालक बिनोद प्रसाद गुप्ताले होटेललाई मुलक नभै सेवा मुलक रुपमा संचालनमा ल्याउने जानकारी दिनुभयो ।

 

उहाँले ठुलो लगानिमा संचालनमा आउने होटेलममा महंगो सामान पाउने र जानै नसकिने सोचलाई परिवर्तन गर्ने गरी समान्य होटेलको मुल्यमा आफुले आफ्नो सेवा ग्राहीलाई सेवा दिने जानकारी दिनुभयो । उहाँले जीतपुरमा सस्तोमा राम्रो होटेल संचालन गर्नु आफ्नो धेरै पुरानो सपना रहेको जसलाई आज पुरा गरेको र यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नम्बर ७ जीतपुरको गिरी मार्कटमा करिव ६० लाख भन्दा बढिको लगानीमा होटेल संचालनमा आएको यस “ड्रिम ताज” होटेलको उद्घाटनमा सहभागी अतिथीहरुले समेत त्यहाँको सेवा (होस्पिटालीटि) र मुल्य दर (मेन्यु) को बारेमा प्रशंसा गरेका छन् ।

 

यस होटेलको कार्यक्रममा पुर्व नगर उद्योग वाणिज्य संघका अध्यक्ष धनश्याम गिरि, नगर उद्योग वाणिज्य संघका महासचिव शिवजी सोनार, राजपका नेता राजाराम कलवार, समाजसेवी राजेन्द्र गुप्ता, युवा नेता अफ्ताब आलम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस