आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डिभिजन वन कार्यालय बाराद्वारा ३४ क्युफिट काठ सहित ३ ओटा टायरगाडा बरामत

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण ३१, शनिबार (३ साल अघि) ६४२ पाठक संख्या
डिभिजन वन कार्यालय बाराले ३४ क्युफिट काठ सहित ३ ओटा टायरगाडा बरामत गरेको छ ।डिभिजन वन कार्यालय बाराको बन गस्ती टोलीले छिमेकी जिल्ला रौतहटको सिमा क्षेत्र बकैया खोलावाट ३४ क्युफिट काठ सहित ३ ओटा टायरगाडा बरामत गरेको छ ।
शुक्रवार वन  गस्तीमा खटिएको टोलीले ३ ओटा टायरगाडा सहित साल र अन्य प्रजातीको कुकाठ गरी  ५ ओटा गोलाई ९३४ क्युफिट काठ बरामत गरेको हो । गस्ती टोली देखेपछि काठ  तस्करले काठ र टायर गाडा छोडेर गोरु मात्रै लिएर भाग्न सफल भएका छ  ।
‘३ ओटा टायर गाडामा २र२ जना मान्छे  थिए भन्ने हाम्रो अनुमान छ, वनको टोली त्यहाँ पुग्दा उनिहरुले गोरु लिएर भागिसकेका थिए’ वन अधिकृत मञ्जुर अहमद्ले भने ‘हामीले फरार व्यक्त्तीको खोजी गरिरहेका छौ’ काठ तस्करहरु रौतहट वा बारा कहाँ हुन् भन्ने खोजी भईरहेको तामागढी साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रविन्द्र पनवरले जनाए ।
‘तिनीहरु काठ तस्कर नै हुन्,रौतहटबाट टायर गाडा र गोरु भाडामा ल्याएर बाराको वनमा काठ तस्कर गर्न आएका हुन् कि भन्ने हाम्रो अनुमान छ, अध्यक्ष पनवरले भने ‘यसअघि पनि काठ तस्करीमा प्रयोग गर्न रौतहटवाट भाडामा ल्याएको पाडा  हामीले नै प्रकाउ गरेका थियौ’ रौतहटका काठ तस्करहरु अनुकुलता हेरेर बाराको वन क्षेत्रमा छिर्ने गर्दछन् ।
पछिलो समय डिभिजन बन कार्यालय बाराका प्रमुख अहमदको निर्दशनमा बन गस्तीमा कडाई भएको र तस्ककरिको घटनामा समेत कमि आएको र काठ तस्करहरु पक्राउ पर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस