आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुर्व मन्त्रि जीतेन्द्र सोनलद्धारा बाराको जीतपुरमा रहेको ड्रिमताज मेगा मार्टको अवलोकन

प्रिती कुमारी, जीतपुर २०७८ भाद्र ७, सोमबार (२ साल अघि) ११८२ पाठक संख्या

प्रदेश नम्बर २ का पुर्व भौतीक पुर्वाधार विकास मन्त्रि जीतेन्द्र सोनलले बाराको जीतपुरमा रहेको ड्रिमताज मेगा मार्टको अवलोकन गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा केहि समय पहिले संचालनमा आएको यस मार्टको सेवासुविधाका बारेमा जानकारी लिन उहाँ लगाएत जीतपुरका स्थानियहरु मार्टको अवलोकन गरेका छन् ।

 

बैदेशीक रोजगारबाट फर्केका एक युवकले आफुसंग भएको अनुभवलाई जीतपुरमा सदुपयोग गर्न थालेको भन्दै उहाले मार्टका संचालक बिनोद प्रसाद गुप्तालाई धन्यवाद दिनुका साथै मुक्तकण्ठले प्रशसां समेत गर्नुभएको थियो ।

 

मार्टका संचालक बिनोद प्रसाद गुप्ताले यस भन्दा पहिले ड्रिमताज एण्ड बिस्ट्रो नामक जीतपुरमा होटेल संचालनमा ल्याउनुभएको हो । त्यसैगरी उहाँले जीतपुरका युवाहरुलाई लक्षीत गरि जीम क्लबको स्थापन समेत गरेको भन्दै सोनलले युवाहरुलाई युग परिवर्तनको अभिभारा दिनुपर्ने कुरामा जोड दिनुभयो ।

 

‘जमाना अब स्मार्ट सपिङ्गको’ भन्ने स्लोगनका साथ संचालनमा आएको यस मार्टले निशुल्क र छिटो होम डेलीभरीको पनि ब्यवस्था गरेको छ । बारा जील्लाकै ब्यापारी नगरी जीतपुरमा संचालनमा आएको यस मार्टले दैनिक उपभोग्य सम्पुर्ण समानलाई आफ्नो ब्यवसाय भित्र समेटने प्रयास गरेको मार्टका संचालक गुप्ताका बुवा राजीन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

 

अवलोकन कार्यक्रममा मार्ट संचालनमा आएको घरका धनि एवम समाजसेवि धनश्याम गिरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामबाबु पटेल, वडा सदस्य तरुण सहनी, स्थानिय समाजसेवि शिवजी साह सोनार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस