आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा रहेका क्रसर उधोग बाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न,तत्काल बन्द गर्ने निर्णय

प्रिती कुमारी, जीतपुर २०७९ पौष २३, शनिबार (१ साल अघि) ३२७ पाठक संख्या

सिमरा : बारा जिल्लामा रहेका क्रसर बाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसार तत्काल बन्द गर्ने निर्णय गरिएको छ ।

 

जिल्ला समन्वय समितिको नि.जिल्ला समन्वय अधिकारी तथा जिल्ला अनुगमन समितिको सदस्य सचिवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बारामा बसेको बैठकको निर्णय अनुसार नै बारामा संचालनमा रहेका क्रसर बाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसार तत्काल रोक्नु परें निर्णय भएको हो ।

यसै बीच क्रसर उद्योग निरीक्षणको क्रममा बाराको कलैया उप महानगरपालिका वडा नं.२४ मनहर्वा स्थित जय मातादी बालुवा प्रसोधन केन्द्र र निजगढ नगरपालिका वडा नं.९ स्थित लाल बकैया बालुवा प्रसोधन केन्द्र तथा क्रसर उद्योगले कागजात पेश गर्न नसकेकोले उक्त उद्योगहरूको विद्युत प्रसारण काटिएको र मुचुल्का समेत गरी सबै सामाग्रीहरू सिल गरिएको अनुगमन टोलिले जनाएको छ ।

 

त्यस्तै जिल्ला स्थित रहेको सम्पूर्ण क्रसर उद्योग लगायतबाट हुने ढुङ्गा, गिट्टी र बालुवा उत्खन्न, निकासी पैठारी तथा ओसारपसार अर्को निर्णय नभए सम्मको लागि बन्द गरिएको समेत अनुगमन टोलीले जनाएको छ ।

जिल्लामा समन्वय समितिको सभापतिको संयोजकत्वमा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने समिति हुन्छ । उक्त समितिले जुनसुकै बेला अनुगमन गरेर उत्खनन र संकलनकर्तालाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था मापदण्डमा छ ।

प्रतिक्रिया दिनुहोस