आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वन फडानी गरेको आरोपमा पक्राउ परेको वडा अध्यक्ष चौधरी २ लाख धरौटीमा रिहा

अखिलेश कुमार यादव २०७९ चैत्र २४, शुक्रबार (१ साल अघि) १४२ पाठक संख्या

बारा । वन फडानी गरेको आरोपमा पक्राउ परेका बाराको कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीबार छुटेका हुन् ।

 

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीले दश लाख मूल्य बराबरको क्षति गरे पनि अदालतले गरेको आदेशको विषयमा टिप्पणी गर्न नमिल्ने बताएका छन् । यता वडा अध्यक्ष चौधरी डिभिजन वनको नियन्त्रणमा हुदा आफुलाई षड्यन्त्रपूर्ण तरिकाले फसाएको टिप्पणी गर्दै आईरहेका थियो ।

 

वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस