आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु

एपी खबर २०७९ चैत्र २५, शनिबार (१ साल अघि) ८४ पाठक संख्या

सर्लाही : सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।बागमती नगरपालिका–१२, स्थित बागमती नदी किनारमा निर्माण हुने आर्यघाटको शनिबार बिहान हरिवन नगरपालिका–९, निवासी १०२ वर्षीय बबरजङ्ग थापाको हातबाट शिलान्यास गरिएको छ ।

 

 

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत तथा सङ्घ र प्रदेश सरकारबाट पनि सहयोग लिएर आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । छिमेकी पालिका हरिवन नगरपालिकाले समेत आर्यघाट निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रमुख मोक्तानले बताउनुभयो ।

 

 

आर्यघाट निर्माणका लागि पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रालि बत्तिसपुतली, काठमाडौँले भ्याटसहित १८ करोड १४ लाख २९ हजार ५८ रुपियाँ ४१ पैसामा ठेक्का सकार गरेको बागमती नगरपालिका कार्यालयले जनाएको छ । २०८१ साल असोज २१ गतेभित्र आर्यघाट निर्माण सक्ने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस