आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपराष्ट्रपति रामसहाय यादव द्वारा जानकी मन्दिरमा विशेष पूजाअर्चना

एपी खबर २०७९ चैत्र २५, शनिबार (१ साल अघि) ८९ पाठक संख्या

जनकपुरधाम : उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा शनिवार विशेष पूजाअर्चना गरेका छन्।केही दिनअघि गृह जिल्लाको बारामा महागढीमाईको पूजा दर्शन गरेर फर्किएका नवनिर्वाचित उपराष्ट्रपति यादव शनिबार जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजा अर्चना र दर्शन गरेका छन्।

 

 

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरूले स्वागत गरेका थिए।उपराष्ट्रपति यादवलाई सहायक महन्त दासले मन्दिरका बारेमा संक्षिप्त रुपमा जानकारी समेत गराएका थिए। उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेला जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्।

 

उनलाई जनकपुरधाम विमानस्थलमा स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, जसपाका नेताहरू मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, पशुपति यादव, बलराम महतो, उर्मिला साहसहितको समूह पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस