आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साबाट ६० लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको ट्रक प्रहरीको नियन्त्रणमा

एपी खबर २०७९ चैत्र २७, सोमबार (१ साल अघि) ९३ पाठक संख्या

वीरगञ्ज । पर्साबाट प्रहरीले ६० लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ६० लाख ३८ हजार १ सय ८८ मूल्य बराबरको सामान बोकेको ट्रक आइतबार नियन्त्रणमा लिएको हो ।

 

विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरु लोड रहेको ट्रक वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका लागि रोकेको थियो ।

 

सोही क्रममा ना २ ख ९३८९ नम्बरको मालवाहक ट्रकमा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज–१३ पावरहाउस चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएका ट्रकलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि आजै राजश्व अनुसन्धान कार्यलय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस