आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा गोलि चल्दा एक जनाको मृत्यु,अन्य २ जना घाईते

एपी खबर २०८० बैशाख २, शनिबार (१ साल अघि) १७९ पाठक संख्या

रौतहट :रौतहटमा शनिवार गोलि चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएका छन् । गोलि लागेर रौतहटको गढ़िमाई नगरपालिकाको वडा न ८ को राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

 

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस