आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा गोली चलाउने १६ जना पक्राउ

एपी खबर २०८० बैशाख ३, आईतबार (१ साल अघि) १६८ पाठक संख्या

रौतहट: रौतहटको गढीमाई नगरपालिका–८ मा गोली चलाउने घटनामा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारका क्रममा भएको विवादमा शनिवार दिउँसो गोली चलेको थियो । गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको निधन भएको छ भने निरन्जन राय यादव, प्रताप यादवसहित अन्य दुई घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

 

घटनामा पक्राउ पर्ने लालबाबु यादव, रामसेवक राय, मिथलेख यादव, दिनेश यादव, बच्चा गिरी, विनेश यादव, प्रदीप यादव, श्याम यादव, उमेश यादव लगायत रहेका छन् ।घटना नियन्त्रण गर्न प्रहरीले शनिवार ठुलो संख्यामा प्रहरी परीचालन गरेको थियो। प्रहरीका अनुसार धोबिनियास्थित सडक चौडा गर्ने क्रममा स्थानीय रामइश्वर राय यादव र राजकुमार यादवबीच विवाद भएको थियो। दुई पक्षबीचको विवाद झडपमा बदलिएको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस