आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको पचरौता मेला लगाउने बिषयमा दुई पक्ष बिच झडप,प्रहरी द्वारा आठ राउन्ड हवाई फायर

AuthorAP Khabar२०८० मंसिर ५, मंगलबार (५ महिना अघि) ६८ पाठक संख्या

बारा:  बाराको पचरौतामा नगरपालिकाको वडा न ७ बेनौलिमा गएराति मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको छ । झडपलाई  नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ ।

 

बेनौलीमा झन्डा मेला लगाउने विषयमा गएराति बसेको बैठकमा दुई पक्षबीच विवाद सुरु भएको र सोही विवाकै क्रममा ढुँगा हानाहान हुन थालेपछि प्रहरीले अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्युपानेले बताए।

 

मेला लगाउन सयौंको संख्यामा उपस्थित भएका स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्ष नमानेपछि झडप भएको स्थानीयले बताएका छन् ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । अवस्था सामान्य बनाउन हवाई फायर गरिएको प्रवक्ता न्युपानेले जानकारी दिएका छन् । झडपमा परी स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएको र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस