आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यमुनामाई पटक पटक किन हाजिर हुन्छ एउटै निमित प्रमुख प्रशासकिय अधिकृत

अखिलेश कुमार यादव २०८० मंसिर १३, बुधबार (५ महिना अघि) १०५ पाठक संख्या

रौतहट : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त कार्यकारी अधिकृतको आंतक रोक्ने प्रयाश गरे पनि सफल हुन सकेको छैन् ।मुलुकभरका ७ सय ५३ स्थानीय झण्डै एक तिहाई प्रमुख प्रशासकीय अधिकृत विना नै चलिरहेका छन् । ती स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा निमितकै भरमा काम कारवाही गर्न बाध्य छन् । एक त स्थानीय तहमा कर्मचारी जानै नमान्ने,गए पनि टिक्नै नदिइने रोगले स्थानीय सरकार ग्रस्त छ ।

 

यता रौतहटको यमुनामाई गाउँपालिकामा पटक पटक एउटै कर्मचारीले निमितको जिम्मेवारी पाईरहेको छ।यमुनामाई गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सट्टा अहिले गापा प्रमुख र गापा उपाध्यक्षले पुनः निमित प्रमुख प्रशासकिय अधिकृतमा रामश्रेष्ठ यादवलाई नै हाजिर गराएको छ।एउटै पालिकामा पटक पटक एउटै ब्यक्ति निमित प्रमुख प्रशासकिय अधिकृत बनेर जानुले अहिले स्थानियहरुले ठूलो रकमको हिनामिना हुन सक्ने शंका समेत गर्न थालेको छ ।

 

किन पटक पटक एउटै निमित प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गराउछ पालिकाले

 

यमुनामाई गाउँपालिकाले पटक पटक रामश्रेष्ठ यादवलाई निमित प्रमुख प्रशासकिय अधिकृतमा हाजिर गराए पछि अहिले स्थानियहरुले एउटा हाकिम किन पटक पटक भनेर प्रश्न समेत गर्न थालेको छ।रामश्रेष्ठ यादव निमित प्रमुख प्रशासकिय अधिकृतमा आए पछि गाउँपालिका प्रमुखले जे भने पछि हाकिमले मान्ने गरेको कारणले पटक पटक एउटै हाकिम ल्याउने गरेको श्रोतले बताएको छ ।यादवले पटक पटक पालिका प्रमुखलाई आफ्नो झासामा पारेर पटक पटक एउटै पालिकामा हाजिर हुने गरेको छ।रामश्रेष्ठ यादव यमुनामाई गाउँपालिकामै कार्यरत वरिष्ठ कबिराज निरिक्षक हुन उनी पालिकामा हाकिमको जिम्मेवारी पाए पछि अहिले समाजिक संजालमा बधाई दिनेको ओहरो लागेको छ।

 

स्थानीय तहका कमाण्डर हुन् प्रशासकीय अधिकृत । जसरी संघीय सरकारको मुख्य सचिव र प्रदेशको प्रमुख सचिवजस्तै स्थानीय सरकारको सबैभन्दा माथिल्लो ओहोदाको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हो । उनले त्यहाँका कर्मचारीको नेतृत्व गर्दछन् । स्थानीय सरकार सञ्चालन ऐनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सभा र कार्यपालिकाको सचिव हुन् । साथै सभा र कार्यपालिकाबाट निर्णय भएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रमुख अधिकारी हुन् । यसैगरी बिषयगत कार्यालयहरू देखि वडा तहसम्मको प्रशासनिक नियन्त्रण गर्ने जिम्मेवारी समेत उनकै काँधमा हुन्छ । सञ्चित कोष व्यवस्थापनदेखि बेरुजु फर्छ्योटसम्मका आर्थिक कारोबार सञ्चालनको निर्देशन दिने जिम्मा प्रशासकीय अधिकृतको हो । संघ र प्रदेशसँग औपचारिक संवाद गर्ने आधिकारिक व्यक्ति पनि प्रशासकीय अधिकृत हुन् ।

 

एक पटक पालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनेर गएको कर्मचारी शाखामा कामै गर्न चाह्दैन पैसाको प्रलोभन देखाएर पुनः कुनै पालिकामा निमित प्रमुख प्रशासकिय अधिकृतमै हाजिर हुन खोज्ने गरेको पाईएको छ।त्यस्तै गर्ने गरेको छ यमुनामाई गाउँपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत रामश्रेष्ठ यादव ।यता यमुनामाई गाउँपालिकाको वडा न ४ को वडा अध्यक्ष आश्वनी राय यादव(चेतन) ले गाउँपालिका प्रमुख मोहम्मद साउदले मिलेर पालिकालाई भ्रष्टाचारको अखडा बनाउने उदेश्यले पुनः रामश्रेष्ठ यादवलाई निमित प्रमुख प्रशासकिय अधिकृतमा हाजिर गराएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस