आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लथालिङ्ग बन्दै सिम्रौनगढ नगरपालिका ,तलबको माँग गर्दै कर्मचारीहरु धर्नामा

अखिलेश कुमार यादव २०८० मंसिर १५, शुक्रबार (४ महिना अघि) १४२ पाठक संख्या

बारा :  देशको उप–राष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्रीको गृह नगरपालिका समेत रहेको सिम्रौनगढ नगरपालिकाको अवस्था लथालिङ्ग बनेको छ। स्थानीयहरूलाई सेवा सुविधा दिएर सरकारको अनुभूति दिलाउने जिम्मेवारी लिएका जनप्रतिनिधीहरुले नै अनियमितता लुकाउन खोज्दा सिम्रौनगढ नगरपालिकाको अवस्था लथालिङ्ग हुन पुगेको हो।जनप्रतिनिधिको आपसी विवादको कारण सिम्रौनगढ नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित समेत बन्न पुगेको छ ।

 

लामो समय देखि सिमरौनगढ नगरपालिकामा कार्यरत शिक्षा,स्वास्थ्य लगाएत क्षेत्रका कर्मचारी आन्दोलनमा छ ।असोज ३० गते देखि शिक्षा स्वास्थ्य लगाएत करारका कर्मचारीहरु धर्नामा बसेका छन् ।५ महिना देखि १४ महिना सम्मको तलबको माँग राखी कर्मचारीहरु दैनिक धर्नामा बस्ने गरेका छन् ।लामो समय देखि तलब नपाए पछि कर्मचारीहरुको घर खर्च चलाउन समेत समस्या भएको छ ।चाड पर्वको समयमा समेत तलब न पाएर निराश भएका कर्मचारी तलब कहिले पाउने टुङ्गो न लाग्दा परिवार पाल्न गाह्रो भएको कर्मचारीहरुले बताएको छ ।

 

 

जनप्रतिनिधि बीचको आन्तरिक द्वन्दले सिमरौनगढ नगरपालिकामा जेठ महिना देखि नै प्रमुख प्रशासकीय अधिकृत आउन मानेको छैन ।प्रमुख प्रशासकीय अधिकृत नआए पछि नगरपालिकाकै बरिष्ठ कर्मचारीलाई निमित प्रमुख प्रशासकीय अधिकृत बनाएर तलब दिने तयारी भईरहेको नगरप्रमुख बताउछन् ।कर्मचारीले तलब न पाएर आन्दोलन गर्दा सिमरौनगढ नगरपालिका बाट प्रवाह हुने सम्पूर्ण सेवाहरु अवरुद्ध भएको छ ।

 

कर्मचारीहरु तलब न पाए पछि गरिरहेको धर्नाको कारण श्रावण १ गते दखि नै नगर अस्पतालको सेवा पूर्ण रुपमा बन्द छ ।नगर क्षेत्रका शिक्षक, स्वास्थ्यकर्मी लगायत नगरपालिकाको माध्यमबाट तलब खाने साढे चार सय भन्दा बढी कर्मचारीहरू तलबको माग गर्दै आन्दोलनमा गरी रहेका छन्।नेपालि कांग्रेस संग बहुमत भएकोले गर्दा सिमरौनगढ नगरपालिकामा नगरप्रमुखलाई केहि काम नै गर्न न दिने बातावरण भएको कारण कर्मचारीलाई तलब पाउन समेत समस्या भएको नगरप्रमुख कलवारले बताए ।

 

प्रतिक्रिया दिनुहोस