आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट लागुऔषध सहित २ युवक पक्राउ

अखिलेश कुमार यादव २०८० फागुन १, मंगलबार (२ महिना अघि) २४० पाठक संख्या

बारा। बारा बाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार जिल्लाको सदरमुकाम कलैया बाट निजगढका २ जना युवकलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताए । दुवै जना युवकलाई प्रहरीले कलैयाको देवकोटा चौक बाट पक्राउ गरेको हो ।

 

वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो।  सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ गरिको बारा प्रहरीले जनाएको छ ।  उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता (६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ।

प्रतिक्रिया दिनुहोस