आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेशनल इन्फोटेच कलेज बिरगंज द्वारा चितवन क्रिकेट क्लब ३१ रनले पराजित

अखिलेश कुमार यादव २०८० फागुन २३, बुधबार (१ महिना अघि) २५२ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुरमा भईरहेको चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको बुधवारको खेलमा नेशनल इन्फोटेच कलेज बिरगंज बिजयी भएको छ । टस जितेर पहिला ब्याटिङ्गको रोजेको नेशनल इन्फोटेच कलेज बिरगंजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन बनाएको थियो ।नेशनल इन्फोटेच कलेजका लागि ओपनर मन्थन यादवले ३१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३७ रन बनाए । यसैगरी नेशनल इन्फोटेच कलेजका मनजय महतो ३६, एमडी सारिफ अन्सारी १९, अनुज चौहान १२ रन बनाए । बलिङतर्फ चितवनका लागि देनिश इकवाल ३, संघर्ष पौडेल र मिलन आचार्यले समान एक–एक विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याउने क्रममा ग्राउण्डमा उत्रिएका चितवन क्रिकेट क्लबले १८.२ ओभरमा अल आउट हुदैं १०६ रन मात्र बनाउन सकेको थियो ।चितवनका लागि प्रतिक श्रेष्ठ २३ बलमा २ चौका र २ छाकाको मद्दतले ३५ रन बनाएको थियो ।यसैगरि विकल गुप्ता २०,दिपेश श्रेष्ठ १३,क्रिजन गुरुङ्ग १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।जित संगै नेशनल इन्फोटेच कलेज बिरगंज सेमिफाइनलमा आफ्नो स्थान यथावत राखेको छ ।

चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी २०८० फाल्गुन २६ गते सम्म चल्ने छ भने जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भईरहेको आयोजक हरापुर्क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस