आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा -२० को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

अखिलेश कुमार यादव २०८० फागुन २४, बिहिबार (१ महिना अघि) २६८ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका २० को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बिहिवार मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको हो । वडा कार्यालय भवन ७६ लाखको लागतमा उक्त भवन सम्पन्न भएको हो । वडा कार्यालयको आफ्नै भवन नहुँदा व्यक्तिको घर भाडा लिएर कार्यालय संचालन हुँदै आएको थियो । वडा कार्यालयको सुविधा सम्पन्न भवन निमार्ण भएपछि कार्यालयको दैनिक हुने प्रशासनिक काममा सहजता हुने भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापना पछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहज रुपमा सम्पूर्ण सेवा लिन पाउने भन्दै खुसी व्यक्त गरे । संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै उनले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमीका महत्वपूर्ण रहेको उल्लेख गरे ।जीतपुरसिमरा उपमहानगरपालिका वडा न २० को वडाध्यक्ष रसुल मियाँको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारि ,प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारीले वडा कार्यालयले आफ्नै वडा कार्यालयको निजी भवनवाट जनताहरुलाई सेवा दिन पाउँने अवसर प्राप्त भएको हुँदा खुसी व्यक्त गर्नुभयो । साथै उपप्रमुख अधिकारीले वडा कार्यालयका जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित भएर जनताहरुलाई सौहर्दपूर्ण वातावरणमा मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रमै बोल्दै वडा अध्यक्ष रसुल मियाँले यो भन्दा पहिले वडा कार्यालयको सेवा भाडाको भवनवाट प्रदान गर्नुपर्ने भएको हुदाँ जनताको सेवा प्रदानमा कठिनाइ झेल्नुपरेको र अहिले आफ्नै वडा कार्यालयको भवनवाट सेवा प्रदान गर्दा जनतालाई सहज हुने बताउनुभयो ।७६ लागको लागतमा सुबिधा सम्पन्न वडा कार्यालयको निर्माण भएको वडा सचिव हरिकिशोर साहले बताउनुभयो । उद्घाटन कार्यक्रमा वडा सदस्य,वडा सचिव हरिकिशोर साह,वडा न १२ को वडाध्यक्ष श्यामबाबु खाँ,वडा न १३ को वडाध्यक्ष हेमनारायण चौधरी लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस