आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ

एपी खबर २०८० फागुन २५, शुक्रबार (१ महिना अघि) १४८ पाठक संख्या

वीरगन्ज :पर्सा प्रहरीले यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई वीरगन्जबाट पक्राउ गरेको छ।बुधवार नारायणगढबाट वीरगन्ज आएको यात्रुवाहक बसमा सवार यात्रु बाराको आदर्श कोतवाल गाउँपालिका–८ का उपेन्द्र मुखियालाई नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएर बेहोस पारेका थिए र सोहि क्रममा भारतीय नागरिकले लूटपात गरेको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए । मुखिया बेहोस भएपछि उनको साथमा रहेको नगद ४१ हजार ५०० रुपैयाँ र १ थान मोबाइल लुटेर साह वीरगन्जको नयाँ बसपार्कबाट फरार भएका थिए।

 

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साह रहेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। साहलाई बेहोस पारेर लुटिएको खबर पाएको प्रहरीले खोजतलास गर्ने क्रममा साहलाई बसपार्कस्थित भानुचोकबाट पक्राउ गरेको पर्साका पक्राउ परेका साहको साथबाट लुटपाट गरिएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र १ थान मोबाइल बरामद पनि गरिएको थापाले बताए।

 

प्रतिक्रिया दिनुहोस