आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परराष्ट्र मन्त्री श्रेष्ठ चैत्र ५ गते सर्लाही आउने

एपी खबर २०८० चैत्र १, बिहिबार (१ महिना अघि) १९१ पाठक संख्या

सर्लाही : नेपाल सरकारका नव नियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ चैत्र ५ गते सर्लाही आउने भएको छ।नेकपा माओवादी केन्द्र बलरा नगर कमिटीको आयोजनामा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा अतिथिको रुपमा सहभागी उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठ सर्लाही आउने भएको हो। बलरा नगरपालिका वडा न.-८ स्थित डुमरिया बजारमा चैत्र ५ गते वृहत् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ।

 

पार्टीमा लोसपा नेपालका पुर्व वडा अध्यक्षहरु प्रवेश गर्ने सर्लाही क्षेत्र न.-४ (ख) प्रदेश सांसद फकिरा महतोले जानकारी दिनु भयो। पार्टी प्रवेश गर्नेहरुको नाम खुलाईएको छैन। प्रदेस सांसद महतोका अनुसार लोसपा नेपालका ३ जना पुर्व वडा अध्यक्ष सहित नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्यासी सहित सयौ नेता कार्यकर्ता पार्टी प्रवेश गर्नेछन।

प्रतिक्रिया दिनुहोस