आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा आईएमई संचालक माथि गोलि प्रहार,गोलि प्रहार गर्ने ३ जना भारतीय लुटेरा पक्राउ

AuthorAP Khabar२०८० चैत्र २, शुक्रबार (१ महिना अघि) १४० पाठक संख्या

रौतहट । रौतहटको परोहा नगरपालिकामा गोलि प्रहार भएको छ ।परोहा नगरपालिका ९ मा आईएमई सञ्चालन गर्दै आएका २४ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो।शुक्रबार ३ जना भारतीय लुटेराहरुको समूहले सिंह माथि गोलि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो। साहमाथि गोली प्रहार गरेर भाग्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको टोलीले तीन जना भारतीय लुटेराहरुलाई फक्राउ गरेको हो। गोलि प्रहार गरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ ।

 

प्रहरीले उनीहरुको साथबाट एक नाल कटुवा पेस्तोल बरामद गरेको छ। उनीहरु शुक्रबार दिउँसो २ बजे इशनाथ नगरपालिका ७ घिउरा बाँसबारीबाट पक्राउ परेका हुन्। सशस्त्र प्रहरी र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न भारत बिहार मोतिहारी जिल्ला घर भएका मुनिसकुमार यादव, राजन पासवानसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस