आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुटपिट अंगभंग र लेनदेन मुद्दाका फरार २ अभियुक्त बारा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० चैत्र २, शुक्रबार (१ महिना अघि) २०० पाठक संख्या

बारा : बारा प्रहरीले एकै दिन फरार रहेका २ जना अभियुक्तलाई पक्राउ गरेको छ । बारा प्रहरीले शुक्रबार कुटपिट अंगभंग र लेनदेन मुद्दामा फरार रहेका २ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत कलैया बाट कुटपिट अंगभंग र लेनदेन मुद्दामा कैद जरिवाना तोकि वरदात पश्चात फरार रहेका तैयब मियाँ र बिजुली पण्डितलाई पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय छतवा बाट खटेको प्रहरीको टोलीले लेनदेन मुद्दामा २ बर्ष सजाय तोकिएको विश्रामपुर गाउँपालिका वडा नं.२ बस्ने बिजुली पंडित कुम्हार र प्रहरी चौकी बरियारपुर बारा बाट खटिएको प्रहरीको टोलीले कुटपिट अंगभंग मुद्दा शिर्षकमा फरार रहेका महागढीमाई नगरपालिका वडा नं.११ मधुरी जब्दी बस्ने अं. वर्ष ५२ को तैयब मियाँ भन्ने तईअब अंसारीलाई शुक्रबार पक्राउ गरेको छ ।पक्राउ परेका दुवै जना अभियुक्तलाई जिल्ला अदालत बारा कलैयामा पेश गरेर कारवाही प्रक्रिया गाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बारा प्रहरीले अहिले फरार रहेका अभियुक्तलाई पक्राउ गरेन अभियाननै संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस