आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

AuthorAP Khabar२०८० चैत्र ३, शनिबार (१ महिना अघि) २२९ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य सेवा लिएका छन्। घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको आयोजना र तराई मोडर्न हेल्थ केयर हस्पिटलको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष कोपिला सिम्खडाको सभाध्यक्षतामा सुरु भएको स्वास्थ्य शिविरको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको थियो ।

तराई मोडर्न हेल्थ केयर हस्पिटलको प्राबिधिक सहयोगमा संचालन भएको शिविरमा हार्डजोनी,नशा,छाला,स्त्री रोग तथा जेनरल फिजिसियन लगाएतका बिशेषज्ञ चिकित्सकहरुले नि:शुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गरेको छ । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको र आवश्यक पर्ने औषधि समेत नि:शुल्क रुपमा उपलब्ध गराईएको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले बताईन । उक्त शिविर बाट ४ सय जनाले लाभ लिएको छ ।

प्रतिक्रिया दिनुहोस