आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम जीतपुरसिमरा क्रिकेट कपमा कलैया क्रिकेट क्लब ९ विकेटले बिजयी

अखिलेश कुमार यादव २०८० चैत्र ५, सोमबार (१ महिना अघि) १६९ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहामा जारि रहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपमा कलैया क्रिकेट क्लब कलैयाले जीतपुरसिमरा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । कलैयाको जीतमा निरज यादव तृत राज दास र साहीले पटेलले उत्कृष्ट ब्याटिङ गरेका थिए ।टस जितेर पहिला ब्याटिङ्ग रोजेको जीतपुरसिमरा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ बनाएको थियो ।जीतपुरसिमरा क्रिकेट क्लबका लागि पुजन श्रेष्ठले २८ बल खेल्दै २ चौका र एक छाकाको मद्दतले सार्वाधिक २६ रन र अजय पटेलले १२ रन बनाएको थियो भने अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।कलैयाका लागि शंकर पौडेलले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए ।त्यस्तै अरनिको यादवले २ ओभर बलिङ गर्दै ८ रन खर्चिएर दुई विकेट लिए भने मनु हवारी,कुमार थापा र अनिल साहले सम्मान १/१ विकेट हात पारेको थियो ।८७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कलैया क्रिकेट क्लबले ७.३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । कलैयाको जीतका लागि निरज यादवले २२ बलमा ५ चौका र ४ वटा छाकाको मद्दतले सर्वाधिक ५० रन बनाए त्यस्तै साहिल पटेल १६ र तृत राज दासले अविजित रहदै १० रन बनाएको थियो । आयोजक जीतपुरसिमरा क्रिकेट क्लबको तर्फ बाट प्रभात लामाले १.३ ओभर बलिङ्ग गर्दै १४ रन खर्चेर १ विकेट लिन सफल भएको थियो ।कलैयाका निरज यादव प्लेयर अफ दि म्याच घोषित भए । यादवलाई जनता माध्यमिक बिद्यालय रजघट्टाका सहायक प्रधानध्यापक बरुण गौतमले दुई हजार नगद र ट्रफि प्रदान गरेका थिए ।

प्रथम जीतपुरसिमरा क्रिकेट क्लबमा लगातार दुई मैचमा पराजित भए संगै जीतपुरसिमरा क्रिकेट क्लब प्रतियोगिता बाट बाहिरिएको छ भने कलैया क्रिकेट क्लबले पनि पहिलो जीत निकाल्दै समूह ए को उपविजेता रहदै प्रतियोगिता बाट बाहिरिएको छ ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । भोलि देखि समूह बि को खल सुरु हुने छ भने भोलि जनकपुर र भैरहवा क्रिकेट क्लब एक आपसमा भिड्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस