आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा एक महिना नबित्दै २ पोथी बाघ मृत अवस्थामा भेटियो

अखिलेश कुमार यादव २०८० चैत्र ६, मंगलबार (१ महिना अघि) २७८ पाठक संख्या

बारा : बारामा एक महिना नबित्दै २ वटा बाघको मृत्यु भएको छ । मंगलबार बिहान डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको हो । आज (मंगलबार) बिहान स्थानीय बासिन्दाले मरेको बाघ देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चार-पाँच दिनअघि नै मरेको जस्तो देखिने उक्त पोथी बाघ करिब २ वर्षको रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

 

बाघको टाउकोमा ठूलो प्वाल भएको कारण बाघलाई कसैले गोलि हानेर मारेको प्राम्भिक अनुसन्धानमा देखिएको छ ।यता डिभिजन वन कार्यालय बाराले बाघको मृत्यु के कसरी भएको हो बारे पोस्टम्यार्टम रिपोर्ट आए पछि मात्र जानकारी हुने बताएको छ ।फाल्गुनमा बाराको निजगढ- ४ स्थित कछडिया सामुदायिक वनमा एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएकोले स्थानीयहरूले मासुमा विष हालेर छाडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको थियो ।बारा र पर्सामा १ महिनामा ७ वटा बाघ मरेको छ ।पर्सा राष्ट्रिय निकुञ्जले जनवारको राम्रो संग हेरचाह नगरेको कारण बारा र पर्सामा बाघ मर्नेको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस