आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम जीतपुरसिमरा क्रिकेट :खुकुरी क्रिकेट क्लब भैरहवा ४८ रनले पराजित

अखिलेश कुमार यादव २०८० चैत्र ८, बिहिबार (१ महिना अघि) १७१ पाठक संख्या

बारा : प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा जनकपुर पिस फाउन्डेसन ४८ रनले बिजयी भएको छ । समूह ‘बि’ को दोश्रो खेलमा जनकपुर पिस फाउन्डेसनले खुकुरी क्रिकेट क्लब भैरहवालाई ४८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग रोजेको जनकपुर पिस फाउन्डेसनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन जोडेको थियो ।जनकपुर पिस फाउन्डेसनको लागि हिमांशु दत्तले सर्वाधिक ४२ रन बनाए ।दत्तले २५ बलमा ५ चौका र २ छाका प्रहार गरे ।यसैगरी जनकपुरका अखिलेश ठाकुर २५ चन्दन यादव १७ रुपेश यादवले १८ रन बनाए ।खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादवले ४ ओभर बलिङ्ग गर्दै २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।यसैगरि अजय कुमार चौहानले २ र इक्लाख हर्सिले १ विकेट लिए ।१३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेका खुकुरी क्रिकेट क्लब भैरहवाले १८ ओभरमा अलआउट हुदैँ ८४ रन मात्र बनाए ।भैरहवाको लागि अमर मिश्राले सर्वाधिक २५ रन बनाए ।मिश्राले २८ बलमा ३ चौका प्रहार गरे ।यसैगरि भैरहवाका लागि प्रकाश गिरि १४ सन्तोष यादव १३ मनिष ठाकुर १२ निश्चल चौधरी १० रन बनाए ।भैरहवालाई सस्तैमा आउट गर्नको लागि जनकपुरका रुपेश यादव,रोहण यादव,अबजित मण्डलले समान २/२ विकेट हात पारे ।जनकपुरलाई जीत दिलाउनमा राम्रो ब्याटिङ्ग गरेका विकेटकिपर हिमांशु दत्त प्लेयर अफ द मैच घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए ।शुक्रबार खुकुरी क्रिकेट क्लब भैरहवा र मकवानपुर क्रिकेट क्लब एक आपसमा भिड्ने छ ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।  

 

प्रतिक्रिया दिनुहोस