आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद

अजय मिश्र, कपिलबस्तु २०८० पौष २१, शनिबार (३ महिना अघि) १४६ पाठक संख्या

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकवा बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर द्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।

 

सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेको छ। सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस